झापा,कचनकवल - कचनकवल गाउँपालिकाअन्तर्गत सञ्चालन भइरहेका सम्पूर्ण सामुदायिक विद्यालयहरू मिति २०८१।०९।२४ देखि २०८१।१०।०१ सम्मका लागि बन्द रहने भएका छन् ।
गाउँपालिकाको मिति २०८१।०९।२३ गते बसेको निर्णयअनुसार यो बिदा वर्षे बिदाबाट कट्टा हुने गरी व्यवस्था गरिएको छ। यस अवधिमा सबै विद्यालयहरू बन्द रहने भएकाले विद्यार्थी,अभिभावक,शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई सो जानकारी समयमै गराइएको छ ।
बिदा अवधिमा पठनपाठन रोकिएको भए पनि सम्बन्धित विद्यालयहरूले बिदापछिको शैक्षिक तालिका समयमै समायोजन गर्ने निर्णय गरेका छन् । कचनकवल गाउँपालिकाले विद्यालयहरूसँग समन्वय गरी पठनपाठनमा हुने सम्भावित असरलाई न्यून पार्न विशेष योजना कार्यान्वयन गर्ने जनाएको छ ।
विद्यार्थी र अभिभावकलाई विद्यालयको आगामी सूचना अनुसार आ-आफ्ना दायित्व पूरा गर्न अनुरोध गरिएको छ ।