झापा । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा तिब्बत केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निट्युडको भूकम्प गएको छ। इन्ड्रयड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नेपालका विभिन्न भागमा महसुस गरिएको छ।
भूकम्पको प्रभावले बङ्लादेश, भारत, भुटान, र चीनमा समेत धक्का महसुस भएको छ। भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत क्षेत्र रहेको बताइएको छ।
हालसम्म कुनै ठूला क्षति वा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन। भूकम्पका धक्कापछि मानिसहरू घरबाहिर निस्कने क्रम देखिएको छ। भूगर्भविद्हरूले यस्ता धक्काहरूबाट सतर्क रहन सल्लाह दिएका छन्।
थप जानकारीका लागि सम्बद्ध निकायहरूले निरन्तर विवरण दिने अपेक्षा गरिएको छ।