झापा, मँसिर १३ गते । कचनकवल गाउँपालिका-६ (बनियानी) स्थित इलाका प्रहरी कार्यालय नजिकै विश्वमा दुर्लभ रहेको भुँडीफोर गरुड आलोपालो गर्दै गुँडमा हुर्किदैगरेका बचेराको रक्षा गर्न भालेपोथी आलोपालो कुर्ने गर्छन् ।
भुँडीफोर गरुड (Leptoptilos javanicus) गरुड परिवार अन्तर्गतको प्रजातिको चरा हो। यो अग्लो खुट्टा, घाँटी र लामो चुच्चो भएको चरा हो। यसले सर्प, माछा र पानीकीरालाई आहारा बनाउँछ । सिमसारको घट्दो संख्या र जलवायु परिवर्तनको कारण यो विस्तारै संकटमा परेको प्रजाति हो।
बचेरालाई आक्रमणबाट बचाउन भालेपोथी आलोपालो मिलेर गुँडको रक्षा गर्नेगरेका छन् । दुईमध्ये एउटा गुँडको सुरक्षामा खटिने र अर्को बचेराको लागि चारो खोज्न जानेगरेका छन् ।
भुँडीफोर गरुड तराईमा पाइने चरा हो । यी चरा उभिँदा ११० देखि १२० सेन्टिमिटरसम्म अग्लो देखिन्छन् ।
समुन्द्री सतहबाट ७५ देखि २५० मिटर उचाइसम्म यी चरा बस्ने गर्छन् । सिमल,वर, कदमजस्ता अग्ला रुखमा गुँड लगाउने गर्छन् । सामान्य बाढीयुक्त खेत, धानबाली, तलाउ आसपासका क्षेत्रमा चराको बसोबास हुनेगर्छ । चराले सर्प, माछा, भ्यागुता तथा पानी कीरालाई मुख्य आहारा बनाउँछन् ।
सम्पादकको निष्कर्ष :
जलवायु परिवर्तन र सिमसारको घट्दो सङ्ख्याले गर्दा यी प्रजातीका चरा विस्तारै सङ्कटमा पर्दैगएका छन् । सुरक्षित बासस्थान र शिकारीको कारण सँकटमा परेको भुँडफोर गरुडको सँरक्षण गर्नुपर्ने देखिन्छ ।